कञ्चनपुरमा मोटरसाइकल दुर्घटनाहुँदा एक युवकको मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर २७ गते १७:१९ मा प्रकाशित

काठमाण्डु,२७ मंसिर– कञ्चनपुरको अर्जुनी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाहुँदा एक युवकको मृत्यु भएको छ । मूत्यु हुनेमा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय चालक हरिश ऐर रहेका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले पूर्वबाट पश्चिमतर्फ आइरहेको से ७ प २८४२ नं को मोटरसाइकल आज अनियन्त्रित भई चालक ऐरको मृत्यु भएको बताए ।

उनले भने, ‘दुर्घटनामा परी घाइते भएका ऐरको उपचारका क्रममा केहीबेर अघि महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो प्रारम्भिक जानकारी अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुन पुगेको खबर छ, अहिले शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ’।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us