
काठमाण्डु ,२७ मंसीर- काठमाण्डुको धर्मस्थलीमा ९० वर्षीया वृद्धाको हत्या भएको छ।
तार्केश्वर नगरपालिका .६ धर्मस्थलीको पुतुवार बस्तीमा बस्ने ९० वर्षीया डिल्ली पतुवारको हत्या भएको हो। यहि मंसिर २० गते देखी हराएकि पतुवारको शव घरबाट अन्दाजी ५०० मिटर टाढा रहेको जंगलको खोंचमा फेला परेको हो।
शव मंसिर २२ गते फेला परेको हो। प्रहरीका अनुसार उनको हत्या भएको देखिन्छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार ती वृद्धा को टाउकोमा भित्री चोट लागेको भेटियको छ। उक्त शव फेला परेको ठाउँमा घिसारिएको पनि देखिएको प्रहरीले बताएको छ।
घटनाको थप अनुसन्धान प्रहरी वृत्त बालाजुले गरिरहेको छ।