काठमाण्डुको तारकेश्वरमा एक युवकको रहस्यमय मृत्यु, टिप्परको ठक्करपछि सावेलले घाँटी थिचेर हत्या गरेको आरोप

काठमाण्डु टुडे २०७९ मंसिर २७ गते ११:४० मा प्रकाशित

काठमाण्डु,२७ मंसिर– काठमाण्डुको तारकेश्वर नगरपालिका–३ स्थित तीनपिप्लेमा एक युवकको रहस्यमय मृत्यु भएको छ । मूत्यु हुनेमा २१ वर्षीय सविन फुयाँलको रहेका छन ।

उनको टिप्परको ठक्करबाट मृत्यु भएको भनिए पनि हत्या भएको परिवारले आरोप लगाएका छन् । फुयाँललाई २५ मंसिरमा राति बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार फुयाँल टिप्परको ठक्‍करबाट घाइते भएपछि चालक र अन्य मानिसहरु मिलेर हत्या गरेको पीडित पक्षले बताएका छन ।

मृतकका दाजु नाता पर्ने जयराम घिमिरेले दुर्घटनापछि बालुवा लोड गर्न प्रयोग गरिने सावेलले घाँटी थिचेर फुयाँलको हत्या गरिएको बताएका छन ।

हत्यारालाई पक्राउ र कारबाहीको माग गरेर सोमबार साँझ पीडित पक्षले तीनपिप्ले स्थित प्रहरी कार्यालयमा घेरा हालेका थिए । आक्रोशित समूहले प्रहरीको मोटरसाइकल तोडफोड गरेका छन् ।

प्रहरी वृत बालाजुले हत्यामा संलग्न आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव बलामी र बिमल बलामी रहेका छन ।

शिव बलामीले आफूलाई टिप्पर धनीले १५ लाख नगद दिने लोभ देखाएर हत्या स्विकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका प्रहरीले बताए । शिवको सो बयानपछि मंगलबार बिहान प्रहरीले बिमललाई पक्राउ गरेको हो ।

बिमल बलामी टिप्परका धनि हुन् । बिमलले नै टिप्पर चलाएको र घाइते बनाएपछि आसपासमा डिपोमा काम गर्नेहरुलाई समेत बोलाएर फुँयालको हत्या गरेको आरोप छ ।

दुर्घटनापछि हत्या भएकोबारे अनुसन्धान गर्नुपर्नेमा प्रहरीले दुर्घटना मुद्दा चलाउने प्रयास गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us