१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर २५ गते १३:०६ मा प्रकाशित

गुल्मी,२५ मंसिर– गुल्मीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका–१ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र बिक रहेका छन ।

उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । दीपेन्द्रले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us