मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर २५ गते ८:२१ मा प्रकाशित

काठमाण्डु, २५ मंसिर– पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका–७ हरैया चोकमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से७प७७९३ नम्बरको मोटरसाइकल रोकी राखेको सुपप्र०१(००२त६४६४ नम्बरको ट्रयाक्टरसँग ठोक्किँदा कञ्चनपुरको कृष्णपुर–८ राजघाटका २३ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो ।

कैलाली प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले दुर्घटनामा गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रहरीले ट्रयाक्टर चालक कैलालीको भजनी नगरपालिका–३ का ३४ वर्षीय कलम चौधरीलाई पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us