
काठमाण्डु,२१ मंसिर– सर्लाहीमा तीनतले घरको बरण्डाबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ वीरेन्द्र बजारका ५० वर्षीय भरतलाल लामा रहेका छन ।
मंगलबार राति साढे ८ बजेको समयमा बरण्डामा बस्ने क्रममा अचानक तल खसेर गम्भीर घाइते उनको हरिवनस्थित नमूना अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता डिएसपी विजय श्रेष्ठले बताएका छन ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको छ ।