एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाण्डु टुडे २०७९ मंसिर २१ गते ११:१२ मा प्रकाशित

काठमाण्डु,२१ मंसिर– महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ ।

केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे बस्ने सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहेका छन् । कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ । ४ मंसिर को निर्वाचनपछि एमालेको पहिलो पटक बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो । एमालेले समानुपातिक तर्फ लोकप्रिय सवैभन्दा बढी २८ लाख ४५ हजार ४६१ मत प्रप्त गरेको छ भने प्रत्यक्षतर्फ ४४ सिटमा विजयी भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us