
काठमाण्डु,२० मंसिर– नेकपा एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले दिपक मनाङेको कामबाट केही सिक्नुपर्ने बताएका छन् ।
प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित मनाङे सोमबार मात्र एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय, तिनकुनेमा स्वागत गर्दै उनले यस्तो बताएका हुन ।
महासविव भुसालले प्रदेशमन्त्री भएर गुरुङले राम्रो काम गरेको बताएका छन उनले भन, ‘एक अवधि उहाँले प्रदेश सरकारको मन्त्री भएर पनि काम गरेर देखाई सक्नुभएको छ । उहाँले गरेका कामबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ ।’