काठमाण्डु,२० मंसिर– जनमत पार्टीका अध्यक्ष सीके राउत र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ ।
सप्तरीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
। भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक निकासबारे समेत कुराकानी भएको राउतले बताएका छन् ।