गठबन्धनकै सरकार बन्छ: कोइराला

काठमाण्डु टुडे २०७९ मंसिर २० गते १६:५२ मा प्रकाशित

काठमाण्डु,२० मंसिर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन । आज कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन ।

उनले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ । त्यो सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन रु यसमा चुनौती छ ।’

उनले कांग्रेसको शाख गिर्न नदिने भन्दै सुशासनको सवालमा कुनै सम्झौता नगर्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us