देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा. शशांक कोइरालासँग मत मागे

काठमाण्डु टुडे २०७९ मंसिर २० गते १६:२१ मा प्रकाशित

काठमाण्डु,२० मंसिर–प्रधानमन्त्री एवंम् कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा. शशांक कोइरालासँग मत मागेका छन् ।

चुनाव बधाई साट्न बालुवाटार पुगेका कोइरालासँग देउवाले मत मागेका हुन् । ‘बधाई साटासाट भयो । संसदीय दलमा सभापतिले भोट माग्नुभयो ।’ कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताएका छन ।

देउवाले मत मागेपछि सल्लाह गरौंला नि भनि जवाफ फर्काएका थिए । संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बनेका छन् ।

संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी घोषणा गरेपनि उक्त समूहको एकल उम्मेदवार चयन हुन सकेको छैन । देउवा फेरि प्रधानमन्त्री बन्ने दाउमा छन । संस्थापनइतरबाट एकल उम्मेदवार चयन हुन हुन नसके यसको पुरै फाइदा देउवाले हुने देखीन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us