दोेलखामा एमालेका शिवाकोटीले लिए अग्रता

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते ८:०४ मा प्रकाशित

दोलखा, १८ मंसिर– दोलखामा एमालेका बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन् ।

सुरुआतदेखि नै अग्रता बनाउँदै आएका माओवादी केन्द्रका गंगा कार्कीलाई १ हजार १ सय ६५ मतान्तरले अग्रता लिएका हुन् ।

मछिल्लो मतपरिणामअनुसार सिवाकोटीले १५ हजार २ सय ६३ मत ल्याउँदा माओवादीका कार्कीले १४ हजार ९८ मत ल्याएका छन् । ४ मंसिरमा भएको निर्वाचनका १० मतदान केन्द्रमा बुथ कब्जा भएपछि १५ मंसिरमा पुनः मतदान भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us