
काठमाण्डु,१७ मंसिर– सरकार गठन र आम निर्वाचनको समीक्षाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैको पदाधिकारी बैठक आज दिँउसो ३ बजे कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने भएको छ ।
बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश साहले बताए । पहिलो चरणमा प्रधानमन्त्री नपाए सरकार सहभागी हुने की नहुने भन्नेबारे पनि छलफल हुने उनले बताएका छन ।