
काठमाण्डु,१६ मंसिर– बाजुरामा प्रतिनिधि सभातर्फको मतगणना पुनः सुचारू भएको छ । मुचुल्काभन्दा बढी मत भेटिएपछि विवाद हुँदा बिहान बिहानबाट प्रतिनिधिसभाको मतगणना रोकिएको थियो ।
मतदान अधिकृतले बनाएको मुचुल्का अनुसार नयाँ मुचुल्का बनाएर अगाडि बढ्ने सहमति भएपछि मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।
बाजुराको प्रतिनिधिसभातर्फ कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र एमालेका सुदूरपश्चिम सहइन्चार्ज कर्णबहादुर थापा उम्मेदवार छन् । पाण्डेले ५ हजार १०६ मत पाउँदा एमालेका थापाले ३ हजार ९९४ मत प्राप्त गरेका छन् ।