दोलखामा मतगणना पुनः सुचारु

काठमाण्डु टुडे २०७९ मंसिर १६ गते १६:०२ मा प्रकाशित

 काठमाण्डु,१६ मंसिर– दोलखामा पुन मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका–१ को कुल खसेको मतमा १४७ मत नभेटेपछि स्थगित भएको मतगणना पुनः सुचारु भएको हो ।

अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम माओवादीका उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत प्रप्त गरेका छन् भने उनका उनका निकटतम् प्रतिस्पर्धीएमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us