
काठमाण्डु,१६ मंसिर– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन् ।
शुक्रबार दिउँसो कार्यालय भवनको चौथो तलामा झुण्डिएको अवस्थामा उनलाई मृत फेला पारेको प्रहरी निरीक्षक रजोश घिमिरेले बताए ।
घिमिरेका अनुसार मुचुल्का तयार गरेर शवलाई पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।