
काठमाण्डु,१६ मंसिर– धनगढीमा ग्रेडरले विद्यार्थी किचेपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरी रहेका छन ।
विद्यार्थीहरूले निषेधाज्ञाकाबीच आज शुक्रबार बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
यसैबीच प्रहरीले दर्जनौं विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ भने विद्यार्थीहरूको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल आश्रुग्यास प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन भएकोले स्थितिलाई नियन्त्रणमा ल्याउन अश्रु ग्यास प्रहार गरी भिडलाई तितरवितर पारिएको बताएका छन ।
उनले क्रममा ९ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको समेत बताएका छन । यसैबीच न्यायको लागि भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दै दमन गरेको आरोप विद्यार्थीहरूले लगाएका छन् ।