
काठमाण्डु,१६ मंसिर– स्याङ्जा–२ मा कांग्रेसका उम्मेदवार धनराज गुरुङले आफ्नो अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार गुरुङले १३ हजार २४० मत प्रप्त गरेका छन भने निकटतम् प्रतिस्पर्धी एमालेकी उमेदवार पद्मा अर्यालले ११ हजार ८०५ मत प्रप्त गरेकी छन ।
उनीहरुबीच १ हजार ४३५ को मतान्तर देखिएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ८७६मत ल्याएका छन् ।