
काठमाण्डु,१६ मंसिर– कांग्रेसका नेता प्रकाशमान सिंहले डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानका लागि पहल गर्ने बताएका छन ।
मेलम्चीको आयोजना स्थल सिन्धुपाल्चोक पुगेका सिंहले यस्तो बताएका हुन । उनले कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाण्डु पानी लैजानुपर्ने बताएबा छन ।
उनले भन,‘परियोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन निरन्तर चासो दिन्छौं । यहाँको स्थलगत निरीक्षण गरिसकेपछि जुन तस्विर हामीले सोचेका थियौँ त्यो भन्दा फरक पाएँ,’ ।