कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविक हो: रेखा शर्मा

काठमाण्डु टुडे २०७९ मंसिर १६ गते १०:४३ मा प्रकाशित

काठमाण्डु,१६ मंसिर– नेकपा (माओवादी केन्द्र)की नेत्री तथा दाङ–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेको बताएकी छन् ।

रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन ।

शर्माले गठबन्धनको सरकार बनाउँदा ठुलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्री दाबी गर्नुलाई अस्वाभाविक मान्न नहुने बताएकी छन । उनले भनिन् अहिले दाबी गर्नुलाई अन्यथा मान्न मिल्दैन तर बाहिर भन्दा पार्टी र गठबन्धन भित्रबाट आउनु पर्ने पर्छ ,।

उनले पार्टीबाट प्रधानमन्त्रीको लागि को आउने भन्ने निर्णय पार्टीको मात्रै भएको बताउँदै यसको विषयमा बाहिरबाट टीकाटिप्पणी आवश्यक नरहेको बताइन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री दाबी रहने बताइन् ।

गठबन्धनकै सहमतिमा प्रधानमन्त्रीको टुंगो लाग्ने उनले बताइन् । उनले पार्टीले जुन सुकै जिम्मेवारी दिए पनि आफू पूरा गर्न सक्षम रहेको बताएकी छन । गठबन्धनको सरकार रहेकोले अहिले नै यो मन्त्री त्यो मन्त्री भनी हाल्ने अवस्था नरहेको उनको तर्क थियो ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई दाङबाट पराजित गर्नको लागि निकै मेहनत गठबन्धनका दलबाट समेत भएको बताउँदै गठबन्धन सफल भएको बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us