बाजुरामा फेरि रोकियो मतगणना

काठमाण्डु टुडे २०७९ मंसिर १६ गते १०:२२ मा प्रकाशित

काठमाण्डु,१६ मंसिर– बाजुरामा फेरि मतगणना रोकिएको छ। निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना मुचुल्का भन्दा बढी मत भेटिएपछि रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।

गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो। यस क्षेत्रमा एमालेका पूर्व मन्त्री कर्ण थापा र कांग्रेसका सह महामन्त्री बद्री पाण्डे चुनावी मैदानमा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us