नवलपरासीमा जिप दुर्घटना, चार जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर १६ गते ८:३९ मा प्रकाशित

नवलपरासी, १६ मंसिर–नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका धौबादीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना भएको हो । जिपमा ब्रेक नलागेका कारण चिप्लिएर सडकभन्दा तीन सय मिटर तल खसेको हो ।

दुर्घटनामा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका–२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यमबहादुर ठाडाको मृत्यु भएको जिल्ला प्रहरीका एसपी भुवनेश्वर तिवारीले बताए ।

दुर्घटनामा घाइते भएका चालक दुर्गाबहादुर बिरकट्टासहित ८ जनाको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us