
बाजुरा, १६ मंसिर– बाजुराको प्रदेशसभा (१) मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाहीले अग्रता लिएका छन्।
२ हजार ६ सय ६४ मतसहित शाही अगाडि छन् । एमाले उम्मेदवार बलदेव रेग्मी १ हजार १ सय २७ मतसहित शाहीलाई पछ्याइरहेका छन् ।
यस्तै प्रदेशसभा (२) मा भने एमालेका लालबहादुर थापा अगाडि छन् । थापाले १ हजार तीन सय ५२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले १ हजार २ मत ल्याएका छन् । प्रतिनिधिसभामा भने काँग्रेसका बद्री पाण्डे एमालेका कर्णबहादुर थापाभन्दा अगाडि छन् ।