
स्याङजा, १६ मंसिर– स्याङ्जा क्षेत्र नम्बर–२ (क) मा कांग्रेस उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् ।
एमालेका मोहनप्रसाद रेग्मीलाई २ हजार ७ सय ३० मतान्तरले हराउँदै अर्याल विजयी भएका हुन् । रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य हुन । अर्यालले १५ हजार १ सय ६१ मत ल्याउँदा रेग्मीले १२ हजार ४ सय ३१ मत ल्याए ।
काँग्रेस र एमालेले एकअर्काविरुद्ध बुथ कब्जाको आरोप लगाएपछि मतदान सकिएको १० दिनपछि बिहीबार रातिबाट मतगणना सुरु भएको थियो ।
प्रतिनिधिसभाको क्षेत्र नम्बर–२ मा पनि काँग्रेसका धनराज गुरुङ एमालेकी पद्यमा अर्यालभन्दा अगाडि छन् ।