दोलखामा माओवादीका कार्कीको अग्रता

काठमाण्डु टुडे २०७९ मंसिर १६ गते ७:५३ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दोलखामा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले सुरुआती अग्रता लिएका छन् ।

१ हजार ६ सय ५४ मतसहित कार्की अगाडि छन् । एमालेका बालकृष्ण शिवाकोटी ९ सय ११ मतसहित कार्कीलाई पछ्याइरहेका छन् ।

४ मंसिरमा भएको निर्वाचनमा धाँधली भएपछि बिहीबार १० मतदान केन्द्रमा पुनः निर्वाचन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us