स्याङजा–२ मा काँग्रेसका धनराज गुरुङ जित्दैछन्

काठमाण्डु टुडे २०७९ मंसिर १५ गते २२:०३ मा प्रकाशित

काठमाण्डु, १५ मंसिर– स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङले जित्ने सम्भावना बढेर गएको छ ।

९ हजार ६ सय १३ मतसहित अगाडि रहेका गुरुङको प्रतिस्पर्धीसँगको मतान्तर फराकिलो बन्दै जाँदा विजयी हुने सम्भावना बढेको हो । गुरुङलाई एमाले उम्मेदवार पद्यमा अर्याल ७ हजार ६४ मतका साथ पछ्याइरहेकी छन् ।

गुरुङ र अर्यालबीच २ हजार ५ सय ४९ मतको मतान्तर छ । काँग्रेसले बुथ कब्जा गरेको आरोपसहित एमालेले पुनः मतदानको माग गरेपछि मतगणना रोकिएको थियो ।

निर्वाचन आयोगले बिहीबार पुनः मतदानको माग अस्वीकार गर्दैै मतगणना गर्ने निर्णय गरेपछि मतदान सकिएको १० दिनपछि बुधबार रातिबाट गणना सुरु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us