प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटघाट

काठमाण्डु टुडे २०७९ मंसिर १५ गते १७:३९ मा प्रकाशित

काठमाण्डु,१५ मंसिर– कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ ।

प्रचण्डको निजी सचिवालयका अनुसार खड्का प्रचण्डलाई भेटन खुमलटार पुगेरका थिय । भेटका क्रममा खड्काले गोरखाबाट निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका थिए ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भेटमा राजनीतिक कुराकानी भए–नभएकोबारेमा कुनै जानकारी नभएको बताएका छन । सत्ता गठबन्धनले नयाँ सरकार बनाउने तयारी गरिरहेको छ । प्रचण्ड पहिलो चरणमै नेतृत्वको दावेदार छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us