संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैन: उपसभापति खड्का

काठमाण्डु टुडे २०७९ मंसिर १५ गते १७:१९ मा प्रकाशित

काठमाण्डु,१५ मंसिर– कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताए ।

बिहीबार कांग्रेस नेता कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले यस्तो बताएका हुन ।

उनले देउवाको नेतृत्वमा कांग्रेस र सत्तारुढ गठबन्धन चुनावमा गएको भन्दै देउवाले चाहदासम्म दायाबाया नहुने बताएबा छन । उनले भने, सीधा कुरा छ, नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हामी निर्वाचनमा होमिएका छौं ।

सत्ता गठबन्धन होमिएको छ । विशेषगरी कांग्रेस पार्टी उहाँकै नेतृत्वमा अगाडि बढेको छ । सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको चाहना राख्ने कुरा अगाडि आएपछि त्यसमा अहिलेको बेलामा धेरै दायाँ बायाँ कुरा गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन’ ।

उनले कांग्रेस संसदीय दलको नेता सर्वसम्मत रुपले चयन गर्नुपर्ने र त्यसको वातावरण बनाउन आफू पनि क्रियाशील हुने बताएका छन ।

कांग्रेसमा महामन्त्री गगन थापाले आफू संसदीय दलको चुनवा लड्ने बताइसकेका छन् । उनले संसदीय दलको नेतामा अन्य नेताहरुको आकांक्षालाई अन्यथा मान्न नहुने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us