अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या गरेको आरोपमा  वडाध्यक्ष पक्राउ

काठमाण्डु टुडे २०७९ मंसिर १५ गते १६:५४ मा प्रकाशित

काठमाण्डु,१५ मंसिर– बाजुरामा ४ मंसिरमा भएको निर्वाचनमा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या गरेको आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुर्य थापाले मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि वडाध्यक्ष अयडीलाई पक्राउ गरिएको बताएका छन ।

अनेरास्वियुको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष समेत रहेका अयडीको ४ मंसिरमा त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदानका क्रममा भएको विवादलाई लिएर कांग्रेसका कार्यकर्ताले कुटपिट गरेपछि उपचारका क्रममा मृत्यु भएको एमालेको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us