रौतहट नगएको भए मैले हार्ने रहेछुः नेपाल

काठमाण्डु टुडे २०७९ मंसिर ११ गते १८:३२ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट नगएको भए आफू चुनाव हार्ने बताएका छन् ।

नेपालले पुरानो क्षेत्र काठमाण्डु–२ बाट चुनाव लडेको भए आफूले हार्ने निश्चित रहेको बताए । तिनकुनेस्थित पार्टी कार्यालयमा आइतबार कार्यकर्ताको बधाई थापेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले रौतहटबाहेक अन्यत्र भएको भए आफू हार्ने उल्लेख गरे ।

नेपाल एमालेका अजयकुमार गुप्तालाई साढे ६ हजार बढी मतान्तरले हराउँदै रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । फरक प्रसंगमा नेता नेपालले आफ्नो दल राष्ट्रिय पार्टी बन्ने बताए ।

समानुपातिकमा अझै १५ लाखभन्दा बढी मत गन्न बाँकी रहेको भन्दै उनले तीन लाख मत कट्न सक्ने विश्वास व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us