रामेछापका दुवै प्रदेशसभामा माओवादी विजयी

काठमाण्डु टुडे २०७९ मंसिर ११ गते १६:१२ मा प्रकाशित

रामेछाप, ११ मंसिर– रामेछापका दुवै प्रदेशसभा नेकपा माओवादी केन्द्रले जितेको छ ।

प्रदेश–१ मा तारानारायण श्रेष्ठ र २ मा युवराज चौलागाईं निर्वाचित भए । श्रेष्ठले एमालेकी शान्ति पौडेललाई पराजित गरे । श्रेष्ठले १७ हजार १ सय ४८ मत पाउँदा पौडेलले १५ हजार १ सय ५७ मत ल्याइन् । उनीहरुबीचको मतान्तर १ हजार ९ सय ९१ छ ।

चौलागाईंले पनि एमालेकै मिलनकुमार घिसिङलाई पराजित गरे । चौलागाईंले २१ हजार २ सय ३९ मत प्राप्त गर्दा घिसिङले १७ हजार ४ सय १३ मत पाए । ०७४ मा प्रतिनिधिसभा जितेको माओवादीले यसपटक दुवै प्रदेश लिएर संघ काँग्रेसलाई छाडेको थियो ।

प्रतिनिधिसभामा काँग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) एमालेका कैलाश ढुंगेललाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भए ।
कान्छारामले ४७ हजार ९९ र ढुङ्गेलले ३० हजार ७ सय ३० मत पाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us