मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर ११ गते १५:४३ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर- वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका– १२ मुर्लीका १९ वर्षीय साहिल हवारी रहेका छन। हवारी सवार मधेश प्रदेश ०३–०२७ प ००९८ नम्बको मोटरसाइकले शनिबार राति वीरगञ्ज वडा नं।१४ नर्सिङ माविस्थित सडक खण्डमा अनियन्त्रित भई दुर्घटना भयको हो ।

दुर्घटनामा गम्भीर घाइते भयका साहिल को उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us