बाजुराको एक मतदान स्थलमा गोली चल्दा ३ जना घाइते

काठमाण्डु टुडे २०७९ मंसिर ४ गते १७:४६ मा प्रकाशित

बाजुरा,४ मंसिर– बाजुराको त्रिवेणी नगरपालिका–७ मा मतदानको क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडप गोली चल्दा ३ जना घाइते भएका छन् ।

एक जनाको अवस्था गम्भीर छ भने घाइतेको पहिचान हुन सकेको छैन । घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिएका छन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us