इटहरीका पूर्वमेयर द्वारिकालाल चौधरी माओवादी प्रवेश

काठमाण्डु टुडे २०७९ असोज १६ गते ११:४८ मा प्रकाशित

काठमाण्डु, १६ असोज– एमाले नेता एवं सुनसरीको इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्वारिकालाल चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

चौधरीसहित एमाले नेता कर्याकर्ताको समूहलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार पार्टी प्रवेश गराए । एमाले सुनसरीका पूर्वअध्यक्ष चौधरी ०७४ को स्थानीय निर्वाचनमा एमालेबाट इटहरीको मेयर निर्वाचित भएका थिए ।

विवादास्पद अभिव्यक्तिका कारण उनी कार्यकालभर विवादमा आइरहे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us