खोटाङमा गुड्दागुड्दै बसमा आगलागी

काठमाण्डु टुडे २०७९ असोज १५ गते २०:४४ मा प्रकाशित

खोटाङ, १५ असोजहलेसी तुवाचुङ नगरपालिका बाहुनीडाँडास्थित कदुवा नजिकैकोघुम्तीमा गुडिरहेको बसमा आगलागी भएको काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नम्बरको बसमा शनिबारदिउँसो एक्कासी आगलागी भएको हो

बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको प्रहरीका अनुसार गुडिरहेको बसमाएक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेको बसमा आगलागी भएपछि त्यसमा सवार ३२ यात्रु अलपत्र परेकाछन् उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमारहिङ्माङले जानकारी दिए गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुले बताएका छन् आगलागी भएको बस पुरानो भएकोजिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us