आसन्न निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा हुन्छ : कमल थापा

काठमाण्डु टुडे २०७९ असोज १५ गते १०:३७ मा प्रकाशित

 

काठमाण्डु,१५ असोज– राप्रपा नेपालका अध्यक्ष कमल थापाले ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेस सभाको निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा हुने बताएका छन् ।

उनले हाल विकसित ध्रुवीकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुने देखिएको बताए । आज बागमती गाउँ पालिकाको फापरबारीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन ।

उनले मुलुक कुशासनको दलदलमा भासिएको र भ्रष्टाचारको चक्रव्यूहमा फसेको भन्दै राष्ट्रबादी भावना नभएकाहरुले देशको स्वाभिमान जोगाउन नसक्ने जिकिर गरेका छन । थापालेपछिल्लो समय मुलुकलाई स्थिरता र समृद्धिको बाटोबाट लैजानुभन्दा अस्थिर बनाई विदेशी प्रभावलाई बढाउने खेल भैरहेको भन्दै थापाले अब जनता सचेत र जागरुक हुनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us