समाजवादीले प्रतिनिधिसभामा पायो १७ सिट, को नेता कहाँबाट उठ्दै ?

काठमाण्डु टुडे २०७९ असोज १३ गते ८:१७ मा प्रकाशित

काठमाण्डु, १३ असोज– एकीकृत समाजवादीले सत्ता गठबन्धनबीच भएको भागबण्डामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १७ सिट पाउने भएको छ ।

सत्ता गठबन्धनबीच गएराति अबेर भएको सहमतिअनुसार समाजवादीले १७ सिट पाउने करिब निश्चित भएको सो दलका एक नेताले जानकारी दिए । यसअघि उक्त दलले ४० सिटमा दाबी गरेको थियो । नेता व्यवस्थापनलाई हेरेर सिट बाँडफाँट गरिएको छ ।

सम्मानित नेता झलनाथ खनालका लागि इलाम–१, अध्यक्ष माधवकुमार नेपालका लागि रौटहत–१, उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका लागि धादिङ–१, जीवनराम श्रेष्ठका लागि काठमाण्डु–८, कृष्णलाल महर्जनका लागि ललितपुर–२ विरोध खतिवडाका लागि मकवानपुर–२, कृष्णकुमार श्रेष्ठ (किसान) का लागि बारा–४, रामकुमारी झाँक्रीका लागि गुल्मी–२, सोमप्रसाद पाण्डेका लागि पाल्पा–२, मेटमणि चौधरीका लागि दाङ–१, प्रकाशबहादुर बुढाथोकी (प्रकाश ज्वाला) का लागि सल्यान, धनबहादुर बुढाका लागि डोल्पा, प्रेमबहादुर आलेका लागि डोटी समाजवादीले लिने भएको हो ।

यस्तै समाजवादीले कास्की–२, रुपन्देही–२, दैलेख–१, अछाम–१, र बझाङको प्रतिनिधिसभा पाउने सहमति गठबन्धन दलहरुबीच भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us