नेम्वाङले छाडे पार्टी

काठमाण्डु टुडे २०७९ असोज ११ गते २१:४६ मा प्रकाशित

काठमाण्डु, ११ असोज– कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सचिवालय सदस्य चन्द्रसिंह नेम्वाङले पार्टी परित्याग गरेका छन् ।

म्ंगलबार विज्ञप्ति जारी गर्दै लिङदेनले पार्टी छाडेको घोषणा गरे । विज्ञप्तिमा उनले व्यक्तिगत कारणले पार्टी गतिविधिमा संलग्न भएर काम गर्न सक्ने अवस्था नरहेकाले पार्टी छाड्नु परेको उल्लेख गरेका छन् ।

पार्टीका सबै जिम्मेवारीका साथै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उनले बताए । नेम्वाङले आगामी दिनमा आफू कुनै दलमा आवद्ध नभई स्वतन्त्र नागरिकका रूपमा सामाजिक सेवामा क्रियाशील हुने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us