मन्त्री यादवले फेसबुकमा लेखेः मैले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर कार्यकक्षबाट हटाइदिएँ

काठमाण्डु टुडे २०७९ असोज ९ गते १८:३० मा प्रकाशित

काठमाण्डु, ९ असोज– प्रदेश–१ का स्वास्थमन्त्री जयराम यादवले राष्ट्रपति विद्यादेवी भण्डारी र र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिार आफ्नो कार्यकक्षबाट हटाएका छन ।

यादवले आइतबा।र आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका हुन् । उनले भण्डारी र देउवाको तस्बिर हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर राखेका छन् । संघीयता कार्यान्वयनका लागि आफूले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएको र प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्बिर टाँगेको तर्क उनले गरेका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल जिन्दावाद । राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो’, यादवले आफैंले सामाजिक सञ्जालमा लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us