बादलमाथि केपी ओलीले गरे अपमान

काठमाण्डु टुडे २०७९ असोज ३ गते १८:५४ मा प्रकाशित

काठमाण्डु, ३ असोज– एमालेले माओवादी केन्द्र छाडेर पार्टी प्रवेश गरेका उपाध्यक्ष रामबहादुर थापा बादललाई एमालेले समानुपातिक उम्मेदवार बनाएन ।
एमालेले निर्वाचन आयोगमा सोमबार बुझाएको उम्मेदवार सूचीमा थापाको नाम छैन ।

थापाले प्रत्यक्ष चुनाव नलड्ने भन्दै समानुपातिकमा राख्न माग गरेका थिए । तर, सचिवालयको म्याण्डेट पाएका अध्यक्ष केपी ओलीले अन्तिममा उनको नाम नराखी सूची बुझाएका छन् । थापा तत्कालीन माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य थिए । पार्टी विभाजनपछि एमालेमा लागेका थापालाई माओवादी केन्द्रले कारबाही गरेसँगै उनको सांसद पद गएको थियो ।

प्रचण्डको बालसखा थापा नेकपामा हुँदा नै उनीसँग रुष्ट थिए । प्रचण्डले उनलाई पार्टी एकता नहुँदै माओवादीतर्फबाट नेतृत्व गर्दै सरकारमा पठाएका थिए । उनी एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा गृहमन्त्री थिए । मोहन वैद्यसँग मिलेर माओवादी विभाजन गरी नयाँ दल बनाएका थापा एउटा समूहको नेतृत्व गरेर पुनः मुलधारको माओवादीमा फर्किएका थिए । थापासँगै मुल घर फर्किएका देव गुरुङ, पम्फा भुसाल, कुलप्रसाद केसीलगायतका नेता भने बादलको प्रयासका बाबदुज एमालेमा समाहित हुन गएनन् ।

बादलसँगै प्रत्यक्ष चुनाव नलड्ने बताएका उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र उपमहासचिव विष्णु रिमाल समानुपातिकमा समेटिएका छैनन् । यसअघि समानुपातिकमा रहिसकेकालाई पुनः नदोहो¥याउने मापदण्डका कारण उनीहरु छुटेको एमालेले जनाएको छ ।

एमालेका १९ पदाधिकारीमध्ये अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल, महाचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ तथा सचिवहरु योगेश भट्टराई, गोकर्णराज विष्ठ, छविलाल विकलगायत १५ जना प्रत्यक्षतर्फ उम्मेदवार बन्ने करिब निश्चितजस्तै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us