चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाण्डु टुडे २०७९ भदौ ३१ गते ७:०१ मा प्रकाशित

एजेन्सी–चिनियाँ राष्ट्रपति सी जीन फिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच उज्वेकिस्तानको समरकन्दमा बिहीबार भेटवार्ता भएको हो । सुरुले युक्रेनमाथि महला गरेपछि सी र पुटिनबीचको यो दोश्रो भेटवार्ता हो । चीनले युक्रेनमाथिको हमला गरेकामा अझैसम्म रुसको समर्थन गरेको छैन । तर, पुटिनले भेटवार्तामा युक्रेन मामिलामा चीनको सन्तुलित नीतिको प्रशंसा गरे ।

यसअघि गत फेब्रुअरीमा शीतकालीन ओलिम्पिकका क्रममा सी र पुटिनबीच बेइजिङमा भेट भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us