
काठमाण्डु, २३ भदौ– विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने १ सय ५१ चालक कारबाहीमा परेका छन् ।
निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही सुरु गरेको हो ।
कारबाहीमा परेकामध्ये अधिकांश विद्यार्थीले चालक अनुमतिपत्र नबोकेको पाइएको छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले दिएको जानकारीअनुसार कारबाहीमा परेका अधिकांश विद्यार्थीले सवारी चालक अनुमति पत्र नबोकीकन मोटरसाइकल चलाएका थिए । नेपाल समाचारपत्रबाट