बैंकहरुमा जम्मा हुन थाल्यो पैसा

काठमाण्डु टुडे २०७९ भदौ २१ गते ७:१९ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– बैंकहरूको मुद्दती योजना र चाडपर्वको प्रभावले निक्षेपमा सुधार आएको छ ।

नेपाल बैंकर्स संघका अनुसार भदौ तेस्रो साता वाणिज्य बैंकहरूको निक्षेप ११ अर्ब ३० करोड रुपैयाँले वृद्धि भएको छ । आर्थिक मन्दीका कारण निक्षेप वृद्धि नभएपछि पछिल्लो समय बैंकहरूले १० गुणासम्म दिने गरी मुद्दती योजना ल्याएका छन् ।
निक्षेप बढाउनुपर्ने दबाबमा रहेका बैंकहरूले सर्वसाधारणको निक्षेप आकर्षित गर्न सुरु निक्षेपको १० गुणासम्म प्राप्त हुने २१ वर्ष अवधिसम्मका मुद्दती निक्षेप योजना ल्याएका छन् ।

त्यस्तो मुद्दती निक्षेपमा ब्याजका अतिरिक्त बीमा, क्रेडिट कार्ड, सुलभ कर्जा जस्ता सुविधासमेत दिएका छन् । बैंकहरूका आकर्षक मुद्दती योजनाले निक्षेप वृद्धिमा सकारात्मक प्रभाव पारेको छ । बैंकहरूलाई निक्षेप बढाउनुपर्ने दबाब भएका कारण नयाँनयाँ योजना ल्याएका र त्यसको प्रभाव सकारात्मक देखिएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बताए । आर्थिक अभियानबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us