अध्यागमन कार्यालय प्रमुख हटाइए

काठमाण्डु टुडे २०७९ भदौ २१ गते ७:१५ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख पुष्पराज शाहीलाई जिम्मेवारीबाट हटाएको छ ।

मन्त्रालयले कारागार व्यवस्था विभागका महानिर्देशक वासुदेव पौडेललाई त्रिवि अन्तर्राष्ट्रिय अध्यागमन कार्यालय प्रमुखको जिम्मेवारीमा खटाएको छ । तर, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विमानस्थलस्थित कार्यालयका प्रमुख परिवर्तन नियमित प्रक्रियाअनुरूप भएको बताउ । पोखरेलले नक्कली कागजपत्र प्रयोग गरी अध्यागमनबाट खाडी मुलुक पठाउने गरेकोबारे आन्तरिक छानबिन भइरहेको बताए ।

भिजिट भिसामा खाडी मुलुक जाने यात्रुको कागजपत्र नक्कली रहेको पाइएपछि प्रहरीले झन्डै तीन सय युवालाई विमानस्थलबाट फिर्ता गरेको थियो । उक्त घटनामा अध्यागमन विभागका कर्मचारीको मिलेमतोको आशङ्का गरिएको छ । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us