बालेनले महानगर प्रहरी प्रमुखबाट धनपति सापकोटालाई हटाए

काठमाण्डु टुडे २०७९ भदौ ५ गते २२:१४ मा प्रकाशित

काठमाण्डु, ५ भदौ– धनपति सापकोटा काठमाण्डु महान गरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएका छन् ।

महानगरले आइतबार एसपी सापकोटालाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको हो । लामो समयदेखि महानगर प्रहरी प्रमुख रहेका सापकोटा आर्थिक मामिलामा पटकपटक विवादमा आउने गरेका थिए । सापकोटाबारे जनस्तरबाट धेरै गुनासो आएपछि मेयर बालेन्द्र साह (बालेन) ले उनलाई हटाउने निर्णय गरेको श्रोतले जनाएको छ ।

उनको ठाउँमा उपरीक्षक राजु पाण्डेलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । महानगरका सहायक प्रवक्ता महेश काफ्लेले पाण्डेलाई प्रहरी प्रमुखको जिम्मेवारी दिएको बताए ।

प्रहरी प्रमुख परिवर्तन नियमित प्रक्रिया भएको उनको भनाइ थियो । महानगरमा पाँच प्रहरी उपरीक्षक रहेको र जसलाई प्रमुख बनाए पनि एउटै भएको दाबी काफ्लेले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us