चितवन, ४ भदौ– एमाले सचिव टोपबहादुर रायमाझीले ४ मंसिरकोप्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठवन्धनले जिते मुलुक २० देखि २५ वर्ष धकेलिने दाबी गरेका छन् ।
प्रेस चौतारीले शनिबार भरतपुरमा गरेको पत्रकार भेटघाटमा रायमाझीले एमालेविरुद्धको गठबन्धनले निर्वाचनमा जिते देशको हालतखराब हुने र जनता थप निराश हुने बताए ।
आफ्नो अस्तित्व रक्षाका लागि अरु दल गठबन्धन गर्न बाध्यभएको उनको भनाइ थियो । एमाले बलियो भएकाले टुक्रेटाक्रे दलहरु जोडजाड गरेर गठबन्धन गरेको आरोप उनलेगराए ।
स्थानीय निर्वाचनका कमजोरीलाई सच्याउँदै एमालेले चुनावमा बहुमत ल्याउने दाबी रायमाझीले गरे ।आफूलाई बामपन्थी भन्ने पार्टीहरू कांग्रेसलाई ठूलो पार्टी बनाएर अस्तित्व रक्षामा लाग्नु दुःखद भन्दै रायमाझीले आफ्नै पार्टी नेतृत्वको सरकारढालेर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने प्रवृत्तिलाई के भन्ने भन्ने प्रश्न गरे ।
कम्युनिष्टकोभोटले जित्ने तर गैरकम्युनिष्टलाई प्रधानमन्त्री बनाउने चलन नेपालमा मात्र भएको बताए ।