प्रतिनिधिसभाको १ सय ६५ सिटमा काँग्रेस र माओवादीबीच भागबण्डा करिब मिल्यो

काठमाण्डु टुडे २०७९ भदौ ३ गते १८:२४ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिटबाँडफाँटबारे छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

११ सदस्यीय कार्यदलले सिटबाँडफाँटको मापदण्ड टुंगो लगाउन नसकेपछि शीर्ष नेताबीच छलफल भएको हो । कुन दललले कति सिटमा उम्मेदवारी दिने भन्नेमा सहमति नभएपछि कार्यदलले शीर्ष नेताहरुसँगको छलफलपछि निस्कर्षमा पुग्ने निर्णय गरेको थियो ।

श्रोतका अनुसार प्रतिनिधिसभाको कूल १ सय ६५ सिटमध्ये काँग्रेसले ८० देखि ८५ र माओवादी केन्द्रले ४५ देखि ५० सिट लिएर बाँकी सिट अन्य दललाई दिनेबारे करिब सहमति भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us