वामपन्थी शक्तिलाई एकताबद्ध बनाएरै छाड्छुः प्रचण्ड

काठमाण्डु टुडे २०७९ भदौ ३ गते १५:०९ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी शक्तिलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका छन् ।

पार्टी सम्वद्ध युवाहरुको संगठन वाइसीएलको दोश्रो भेलालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थी शक्ति मिल्नैपर्ने बताए । माओवादी नेतृत्वमै देशमा समाजवादी क्रान्ति हुने दाबी उनले गरे । प्रचण्डले भने, ‘माओवादी नेतृत्वमा समाजवादी क्रान्ति गर्न दुनियाँको कुनै तागतले रोक्न सक्दैन ।’

पार्टीमा त्याग गर्ने भन्दा पदका लागि प्रतिस्पर्धा हुन लागेको भन्दै प्रचण्डले त्यसले आफूलाई नमिठो अनुभूति हुन थालेको उल्लेख गरे । ‘संघर्षतिरभन्दा पद पाउनका लागि प्रतिस्पर्धा हुन थाल्यो’, उनले भने, यो नमीठो अनुभव छ ।’ प्रचण्डले वाइसीएलले शान्तिपूर्ण फौजका रूपमा काम गर्नुपर्ने बताए ।

वाइसीएल युद्ध लडेका तथा त्याग र बलिदानी गरेर आएकाहरुको संगठन हरेको भन्दै उनले संगठनमा वैचारिक एकता कायम गरेर अघि बढ्न सुझाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us