४ सय ५५ जनामा कोरोना संक्रमण

काठमाण्डु टुडे २०७९ साउन २९ गते १६:३३ मा प्रकाशित

काठमाण्डु, २९ साउन– नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

थप ४ हजार ८ सय २९ परीक्षणमा ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

दुई हजार ३ सय ८ पीसीआर परीक्षणमा ३ सय ५ र दुई हजार ५ सय २१ एन्टिजेन परीक्षणमा १ सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयमा सह–प्रवक्ता डा. समीरकुमा अधिकारीले जानकारी दिए ।

यस्तै कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । सोही अवधिमा ३ सय २ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३५ रहेको मन्त्रालयको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us