निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने निर्देशिका जारी गर्दै निर्वाचन आयोग

काठमाण्डु टुडे २०७९ साउन २९ गते १२:५२ मा प्रकाशित

 

काठमाण्डु ,२९ साउन- मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने निर्देशिका निर्वाचन आयोगले गरी जारी गर्ने भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रचारप्रसारमा लामो समय दिँदा निर्वाचनको मात्र होइन, उम्मेदवारहरूको खर्च पनि बढ्ने,जस्ले गर्दा राज्यका अंगहरू शिथिल हुने र विकास निर्माणदेखि जनताका काम सुस्त हुने यति धेरै प्रचारका लागि समय नचाहिने थपलियाको भनाइ छ ।

उम्मेदवारी दर्ता मतदानभन्दा ३९ दिनअघि नै हुने भए पनि प्रचारको समय घटाइएको थपलियाले जानकारी दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us